कात्तिक २२, काठमाडौं । नेपाल प्रहरीले तिहारका लागि राजधानीमा भित्र्यार्इएका १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा नष्ट गरिएकाे हाे । टेकुस्थित महानगरीय प्रहरी परिसरमा ति पटाका नष्ट गरिएको छ। परिसरमा आयोजित पत्रकार सम्मेलनमा ती पटाकाहरु प्रदर्शन गरेर परिसर भित्रै रहेको पुरानो इनार जस्तो पानी जमेको स्थानमा फालेर नष्ट गरेको थियो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्धारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको बताए । परिसरले पटाका बिक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिई कानुनी कार्वाही पनि सुरु गरेको छ ।

परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियाननै सञ्चालन गरेको बताएकाे छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कार्वाही गर्ने चेतावनी पनि दिए । उनले पटका पड्काउने तथा बिक्रीवितरण गरेको पाइए प्रहरीलाई सूचना दिन आह्वान गरे ।
नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिना अघिनै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन