भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता

भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको यकिन सङ्ख्या अझै खुल्न सकेको छैन। नेपाल र चीनको तिब्बत क्षेत्रमा समेत ठूलो जनधनको क्षति भएपछि सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक विवरण संकलन गर्न चुनौती देखिएको छ।

नेपाल प्रहरीले विभिन्न युनिटबाट प्राप्त विवरणलाई निरन्तर अद्यावधिक गर्दै सम्पर्कविहीन व्यक्तिहरूको नामसहितको विवरण संकलन गरिरहेको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार प्रहरीको पछिल्लो विवरणमा ४ हजार ४७२ जना सम्पर्कविहीन रहेका छन्। तीमध्ये ३ हजार ६९९ जना नेपाली र ७८८ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ।

तर, सम्पर्कविहीनको सूचीमा रहेका सबै व्यक्ति बाढीमै परेका हुन् भन्ने निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ। डीआईजी काफ्लेका अनुसार मोबाइलको चार्ज सकिनु, सञ्चार सञ्जाल अवरुद्ध हुनु वा नेटवर्कको पहुँचबाहिर रहनुजस्ता कारणले पनि कतिपय व्यक्ति सम्पर्कमा आउन नसकेको हुन सक्छ।

आइतबार बिहान ११ बजेसम्मको विवरणअनुसार ७३५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। भेटिएका शव सम्पर्कविहीन व्यक्तिहरूकै सूचीसँग सम्बन्धित भएकाले बाढीका कारण कति जनाको मृत्यु भयो र कति व्यक्ति अझै कहाँ छन् भन्ने यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

बाढीपछि सम्पर्कविहीन भनिएका कतिपय व्यक्ति भने पछि सम्पर्कमा आएको पनि प्रहरीले जनाएको छ। ट्रेकिङमा गएका नेपाली तथा विदेशी नागरिक र गोसाइँकुण्ड क्षेत्रमा रहेका केही नेपाली तथा भारतीय नागरिक सम्पर्कमा आएको बताइएको छ। यद्यपि, परिवारका सदस्यले प्रहरीलाई जानकारी नदिँदा कतिपयको विवरण अझै पनि सम्पर्कविहीनकै सूचीमा रहन सक्ने अनुमान गरिएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक तथा अन्य भौतिक पूर्वाधारसँगै विद्युत्, इन्टरनेट र मोबाइल सेवा प्रभावित भएपछि सञ्चार सम्पर्कमा व्यापक समस्या देखिएको थियो। सेवा क्रमशः सञ्चालनमा आउँदै जाँदा सम्पर्कविहीन भनिएका केही व्यक्ति परिवार र सम्बन्धित निकायको सम्पर्कमा आउन थालेका छन्।

यसैबीच, सरकारी निकायबीच सम्पर्कविहीनको तथ्यांकमा समेत ठूलो अन्तर देखिएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने भदौ १४ गते अपराह्न १ः३० बजेसम्म २ हजार ४९८ जना मात्रै सम्पर्कविहीन रहेको जनाएको छ।

प्रहरी र प्राधिकरणको तथ्यांक फरक परेपछि भोटेकोशी बाढीबाट प्रभावित र सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक सङ्ख्या यकिन गर्न थप विवरण संकलन तथा तथ्यांक अद्यावधिक गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले