भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता

भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूको यकिन सङ्ख्या अझै खुल्न सकेको छैन। नेपाल र चीनको तिब्बत क्षेत्रमा समेत ठूलो जनधनको क्षति भएपछि सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक विवरण संकलन गर्न चुनौती देखिएको छ।

नेपाल प्रहरीले विभिन्न युनिटबाट प्राप्त विवरणलाई निरन्तर अद्यावधिक गर्दै सम्पर्कविहीन व्यक्तिहरूको नामसहितको विवरण संकलन गरिरहेको जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार प्रहरीको पछिल्लो विवरणमा ४ हजार ४७२ जना सम्पर्कविहीन रहेका छन्। तीमध्ये ३ हजार ६९९ जना नेपाली र ७८८ जना विदेशी नागरिक रहेको प्रहरीले जनाएको छ।

तर, सम्पर्कविहीनको सूचीमा रहेका सबै व्यक्ति बाढीमै परेका हुन् भन्ने निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ। डीआईजी काफ्लेका अनुसार मोबाइलको चार्ज सकिनु, सञ्चार सञ्जाल अवरुद्ध हुनु वा नेटवर्कको पहुँचबाहिर रहनुजस्ता कारणले पनि कतिपय व्यक्ति सम्पर्कमा आउन नसकेको हुन सक्छ।

आइतबार बिहान ११ बजेसम्मको विवरणअनुसार ७३५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। भेटिएका शव सम्पर्कविहीन व्यक्तिहरूकै सूचीसँग सम्बन्धित भएकाले बाढीका कारण कति जनाको मृत्यु भयो र कति व्यक्ति अझै कहाँ छन् भन्ने यकिन तथ्यांक भने आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

बाढीपछि सम्पर्कविहीन भनिएका कतिपय व्यक्ति भने पछि सम्पर्कमा आएको पनि प्रहरीले जनाएको छ। ट्रेकिङमा गएका नेपाली तथा विदेशी नागरिक र गोसाइँकुण्ड क्षेत्रमा रहेका केही नेपाली तथा भारतीय नागरिक सम्पर्कमा आएको बताइएको छ। यद्यपि, परिवारका सदस्यले प्रहरीलाई जानकारी नदिँदा कतिपयको विवरण अझै पनि सम्पर्कविहीनकै सूचीमा रहन सक्ने अनुमान गरिएको छ।

भोटेकोशी क्षेत्रमा आएको बाढीले सडक तथा अन्य भौतिक पूर्वाधारसँगै विद्युत्, इन्टरनेट र मोबाइल सेवा प्रभावित भएपछि सञ्चार सम्पर्कमा व्यापक समस्या देखिएको थियो। सेवा क्रमशः सञ्चालनमा आउँदै जाँदा सम्पर्कविहीन भनिएका केही व्यक्ति परिवार र सम्बन्धित निकायको सम्पर्कमा आउन थालेका छन्।

यसैबीच, सरकारी निकायबीच सम्पर्कविहीनको तथ्यांकमा समेत ठूलो अन्तर देखिएको छ। राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने भदौ १४ गते अपराह्न १ः३० बजेसम्म २ हजार ४९८ जना मात्रै सम्पर्कविहीन रहेको जनाएको छ।

प्रहरी र प्राधिकरणको तथ्यांक फरक परेपछि भोटेकोशी बाढीबाट प्रभावित र सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक सङ्ख्या यकिन गर्न थप विवरण संकलन तथा तथ्यांक अद्यावधिक गर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

अख्तियारकी आयुक्त अमात्य र प्रदीप अधिकारीबीचको अडियोले घुस र अनुसन्धानको सूचना चुहावटमाथि प्रश्न

आश्विन २६,काठमाडौं । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा.

उपत्यकाका ६ स्थानबाट १३ ब्रान्डका ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका

उच्च अदालत पाटनमा अब फैसला विद्युतीय प्रणालीमा प्रविष्ट गरिने

असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण