January 4, 2022

सत्तापक्ष वार्ताको कुरा छाडौं, फोन गर्न पनि डराइरहेको छः शेरबहादुर तामाङ

काठमाडौं, २० पुस : नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले सत्तापक्षले नै संसद् अवरोध गरिरहेको आरोप लगाएका छन् ।
हिजो राति प्राइम टाइम टेलिभिजनमा प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने, “संसद् परमादेशबाट पुनःस्थापना भयो । हामीले संसद्मा बिजिनेस देऊ भन्न थाल्यौं । नयाँ विधेशयक आउला भनेको त एकछिनपछि संसद् अधिवेशन अन्त्य गरियो । मध्यरातमा दल विभाजनसम्बन्धी अध्यादेश आयो । त्यसपछि के के भयो, हामी सबैलाई थाहा छ ।


एमालेको बटमलाइन सत्तापक्ष र प्रतिपक्षबीचमा वार्ता भएको उनले औंल्याए । उनले थपे, “हामीले वार्तामा बसौं, त्यसको निष्कर्पका आधारमा अघि बढौं भन्दा सत्तापक्षले अहिलेसम्म वार्ताको कुरा छाडौं, फोन गर्न पनि डराइरहेको छ । हामी सोध्न चाहन्छौं- दल विभाजनसम्बन्धी अध्यादेश किन ल्याइयो ? अदालतको बबन्डर कसरी समाधान गर्ने हो ? सभामुखको भूमिका के हो ? हामी वार्ता गर्न तयार छौं । वास्तवमा संसद् सत्तापक्षले नै अवरोध गरेको हो ।
कार्यक्रममा नेता तामाङले फेरि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेले बधाइ दिन कञ्जुस्याइँ नगर्ने पनि बताए । उनले भने, “शुभकामना दिन के कञ्जुस्याइँ गर्नु ? यहाँ धेरै चोटि धेरै वर्षसम्म अध्यक्ष भैसक्नुभयो, बधाई छ । लिस्ट बनाएर केन्द्रीय समिति घोषणा गर्न सफल हुनुभएको छ । हामीले पनि त्यसै गरेको भए पनि हुन्थ्यो । नेतृत्वले सबै कुरा विचार गरेर नै गरेको होला । यो पार्टीको आन्तरिक कुरा हो । हामीले टीकाटिप्पणी गर्नु उपयुक्त हुन्न ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित