काठमाडौँ । नेपाल महिला सङ्घले छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ ।सङ्घले ससस सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकार समक्ष आग्रह गरेकी छन् ।
उनले भनिन – “संविधानमा नै महिलाको प्रतिनिधित्व उल्लेख गरिसकेको छ तर प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको मन्त्रिपरिषद्मा समेत महिलाको उल्लेख्य प्रतिनिधित्व हुन सकेन ।”
उनले महिला आन्दोलनका कारण मुलुकमा संविधान निर्माण भएको भन्दै महिलाका लागि संविधानले तोकेअनुसारको अधिकार पाउनुपर्ने बताईन ।
“प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई भेटेर हामीले ३३ प्रतिशत महिलालाई मन्त्रिपरिषद्मा समावेश गर्नुप¥यो भनेर भनेका थियौँ, उनले विचार गर्छु भनेका छन्, विचार गरेरमात्र पुग्दैन समावेश गर्नुपर्छ” – अध्यक्ष रेग्मीले भनिन् ।
अध्यक्ष रेग्मीले मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको अधिकारलाई सुनिश्चित नगरे आफूहरु आन्दोलनमा उत्रिने चेतावनी समेत दिईन् ।
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न
काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै
वैशाख ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष
चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई