चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्रीले उद्योग मन्त्रालयमा गौरी कुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामजी यादवलाई नियुक्त गरेका हुन्।
गौरी कुमारी यादव महोत्तरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने रामजी यादव सप्तरी–२ बाट निर्वाचित सांसद हुन्। उनले जनमत पार्टीका अध्यक्ष सीके राउत लाई पराजित गर्दै संसद् प्रवेश गरेका थिए।नवनियुक्त दुवै मन्त्रीले आजै राष्ट्रपति भवनमा आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
यसअघि प्रधानमन्त्री शाहले पदीय मर्यादा उल्लंघन गरेको आरोपमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका थिए। सरकार गठनदेखि नै उद्योग मन्त्रालय प्रधानमन्त्री शाहले आफैंसँग राख्दै आएका थिए। हाल पनि उनले रक्षा मन्त्रालयको जिम्मेवारी आफैं सम्हालिरहेका छन्।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौं, साउन २६ । सरकारले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट कसैको प्रतिष्ठा, इज्जत वा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत