सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पार्नुभएको छ ।आफ्नो सम्पत्ति विवरणबारे विभिन्न सञ्चारमाध्यममा गरिएको टिकाटिप्पणीबारे स्पष्ट पार्दै मन्त्री गुरुङले त्यस सम्बन्धि विवरण मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने बताउनुभयो  ।मन्त्री गुरुङको सचिवालयले उक्त विषयमा प्रष्ट पार्दै भनेको छ, “सबै सेयर एउटै प्रकृतिका हुँदैनन्, धितोपत्र बजारमा कारोबार हुने सेयर दुई करोडभन्दा बढी लगानी रहेको सम्पत्ति विवरणमै स्ष्ट छ ।”

त्यस्तै, स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको मन्त्री गुरुङको सचिवालयले स्पष्ट पारेको छ । त्यस्तै उहाँले मन्त्री हुनुअघि सेयर किनियो भनेर बाहिर नकारात्मक धारणा बनाएकाप्रति असहमति जनाउँदै सेयर लगानी गर्नु अपराध नभएको बताउनुभयो । साथै कारोबार बैङ्किङ च्यानलमार्फत भएको र बैङ्कबाट गएको पैसाको सबै हिसाब स्पष्ट रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक