काठमाडौ, फागुन १८ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द (विप्लव) ले केहि समयदेखि विभिन्न व्यक्ति तथा समूहरुलाई कारबाहि गर्ने चेतावनी दिदै आएको छ । केहि समय अगाडि विप्लवको कार्यक्रताहरुले लोकमान सिंह कार्कीलाई सर्वाेच्च परिसरमै कालो मोसो समेत दलेका थिए । पछिल्लो समय विप्लवले नेपाली युवा (युवतीलाई विदेशमा बेच्ने म्यानपावर कम्पनीलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
‘अपमानजनक कामका निम्ति हाम्रा दिदीबहिनी विदेशमा बेच्ने म्यानपावरहरु सचेत होऊन्, माओवादी पार्टीका तर्फबाट त्यस्ता म्यानपावर ध्वस्त पारिन्छ । जीपीएमजी बोक्ने हाम्रा दिदीबहिनीहरु यस्ता हर्कतलाई चुपचाप सहेर बसिरहन सक्दैनन्’ विप्लवले भने । महासचिव विप्लवले नेपाली युवा(युवतीहरुको बिक्री भइरहेको बताउँदै राज्य सञ्चालकहरु भने निर्लज्ज तरिकाले युवाहरुको रगत पसिनाबाट भित्रिएको रेमिट्यान्सबाट नयाँ–नयाँ गाडी चढिरहेको बताए । उनले आफ्नो पार्टीले युवा(युवतीलाई विदेशमा बेच्ने र रगत पसिना चुस्ने दुबैलाई कारवाही गर्ने चेतावनी समेत दिए । विप्लव पार्टीले केहि समय अगाडि रोल्पको लिवाङ्मा पार्टीको महाधिवेशन समेत गरेको थियो । महाधिवेशनबाट विप्लवले पार्टीको नाम समेत परिवर्तन गरेको छ ।
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा