काठमाडौं, २७ चैत । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी नारा तय गरेको छ । रामचन्द्र पौडेल नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शनिबार बसेको बैठकले चुनावी नारा तय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको हो ।
चुनावी तयारीका लागि देउवा पाँच दिन काठमाडौंबाहिर
कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम र आमसभामा भाग लिन ५ दिन काठमाडौं बाहिर हुने भएका छन् । कांग्रेसले चुनावी प्रचारअन्तर्गत प्रदेश नम्बर ७ मा गर्ने आमसभालाई सम्बोधन गर्न देउवा शनिबार नै धनगढी पुगेका छन् । आइतबार धनगढीमा देउवासहित नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रदेश नम्बर ५ को तुलसीपुर दाङमा २८ चैत र २९ चैतमा रूपन्देही तथा प्रदेश नम्बर ४ का कास्कीको पोखरामा ३० चैतमा आमसभा सकेपछि मात्र देउवा काठमाडौं फर्किने जानकारी उनका स्वकीय सचिव भानु देउवाले दिए । पोखरापछि प्रदेश नम्बर २ जनकपुरमा ३१ चैतमा र प्रदेश नम्बर १ झापामा २ वैशाखमा आमसभा गर्ने तयारी कांग्रेसको छ । प्रदेश नम्बर ३ तथा प्रदेश नम्बर ६ का आमसभाको स्थान र मिति भने कांग्रेसले तय गरिसकेको छैन । आमसभा सकेपछि कांग्रेसले सात सय ४४ वटै स्थानीय तहमा केन्द्रीय नेताकै सहभागितामा चुनावी सभा गर्ने घोषणा गरेको छ ।
यी हुन् सहायक नारा
कांग्रेसले ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा रूखमा भोट कांग्रेसको नाउँमा, सिंहदरबारको अधिकार गाउँघरमा ल्यायौँ उन्नतिका लागि कांग्रेसलाई जिताऔँ, मधेसी पहाडी दलित जाति जनजाति सबै मतान्तरभन्दा नेपाल देश माथि, सिंहदरबारको अधिकार गाउँघरमा, कांग्रेस नै राम्रो जनताको नजरमा र हिमाल पहाड तराई मधेस कांग्रेसले दिन्छ राष्ट्रिय एकताको सन्देश भन्ने सहायक नारासमेत तय गरेको छ ।
निर्वाचन समितिले तय गरेको चुनावी नारा प्रत्येक जिल्लामा पठाइसकेको जानकारी पौडेलले दिए । शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरूले छिटो चुनावी नारा तय गरी घोषणापत्र तयार गर्न तल्लो तहमा पठाउन आग्रह गरेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको