लौ थाहा पाउनुहोस् कांग्रेसका चुनावी नाराहरु

Nepali-Congress

काठमाडौं, २७ चैत । कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि चुनावी नारा तय गरेको छ । रामचन्द्र पौडेल नेतृत्वको केन्द्रीय निर्वाचन परिचालन समितिको शनिबार बसेको बैठकले चुनावी नारा तय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले ‘कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ मूल नारा तय गरेको हो ।

चुनावी तयारीका लागि देउवा पाँच दिन काठमाडौंबाहिर
कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम र आमसभामा भाग लिन ५ दिन काठमाडौं बाहिर हुने भएका छन् । कांग्रेसले चुनावी प्रचारअन्तर्गत प्रदेश नम्बर ७ मा गर्ने आमसभालाई सम्बोधन गर्न देउवा शनिबार नै धनगढी पुगेका छन् । आइतबार धनगढीमा देउवासहित नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालासहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश नम्बर ५ को तुलसीपुर दाङमा २८ चैत र २९ चैतमा रूपन्देही तथा प्रदेश नम्बर ४ का कास्कीको पोखरामा ३० चैतमा आमसभा सकेपछि मात्र देउवा काठमाडौं फर्किने जानकारी उनका स्वकीय सचिव भानु देउवाले दिए । पोखरापछि प्रदेश नम्बर २ जनकपुरमा ३१ चैतमा र प्रदेश नम्बर १ झापामा २ वैशाखमा आमसभा गर्ने तयारी कांग्रेसको छ । प्रदेश नम्बर ३ तथा प्रदेश नम्बर ६ का आमसभाको स्थान र मिति भने कांग्रेसले तय गरिसकेको छैन । आमसभा सकेपछि कांग्रेसले सात सय ४४ वटै स्थानीय तहमा केन्द्रीय नेताकै सहभागितामा चुनावी सभा गर्ने घोषणा गरेको छ ।
यी हुन् सहायक नारा
कांग्रेसले ‘सिंहदरबारको अधिकार गाउँ–गाउँमा रूखमा भोट कांग्रेसको नाउँमा, सिंहदरबारको अधिकार गाउँघरमा ल्यायौँ उन्नतिका लागि कांग्रेसलाई जिताऔँ, मधेसी पहाडी दलित जाति जनजाति सबै मतान्तरभन्दा नेपाल देश माथि, सिंहदरबारको अधिकार गाउँघरमा, कांग्रेस नै राम्रो जनताको नजरमा र हिमाल पहाड तराई मधेस कांग्रेसले दिन्छ राष्ट्रिय एकताको सन्देश भन्ने सहायक नारासमेत तय गरेको छ ।

निर्वाचन समितिले तय गरेको चुनावी नारा प्रत्येक जिल्लामा पठाइसकेको जानकारी पौडेलले दिए । शुक्रबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा नेताहरूले छिटो चुनावी नारा तय गरी घोषणापत्र तयार गर्न तल्लो तहमा पठाउन आग्रह गरेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित