छापामा आजः सहकारीको लगाम खुलाउनेदेखि थर्मोमिटरसमेत नभएका अस्पतालसम्म

छापामा आजः सहकारीको लगाम खुलाउनेदेखि Paper-Magh-18-2073थर्मोमिटरसमेत नभएका अस्पतालसम्म

 

१८ माघ, काठमाडौं । आजका बिभिन्न पत्रिकाहरुले सरकार र मधेसी मोर्चाबीचको बैठकलाई प्राथमिकताका साथ छापेका छन् । सोमबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग चुनावबारे धारणा मागेका थिए ।

नागरिक दैनिकले सो बैठकमा मधेसी मोर्चाले पहिले प्रदेशको चुनाव हुनुपर्ने अडान राखेको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले नै नेपालका दुई प्रतिशत अस्पतालमा थर्मोमिटरसमेत नभएको समाचार पनि छापेको छ । उसले पोखरामा जारी नेपाल साहित्य सम्मेलनको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई निर्वाचनको तयारी गर्दा के हुन्छ ? भाषा र राष्ट्रिय सभा गठनबारुेको परिमार्जन मान्ने कि नमान्ने ? र स्थानीय तहको प्रतिवेदन संशोधनप चिुनावमा जाने कि नजाने ? भनेर तीन प्रश्न सोधेको भन्दै समाचार लेखेको छ । जवाफमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नगरी निर्वाचनको कुरै सुन्न नचाहेको नयाँ पत्रिकाले लेखेको छ ।

यसैगरी कर्मचारीहरुका सन्ततिको छात्रवृत्तिमा राज्य कोषबाट झण्डै ५१ करोड रुपैयाँ वितरण भएको समाचार पनि प्राथमिकता साथ नयाँ पत्रिकामा छापिएको छ ।

नयाँ पत्रिकामै एक प्रतिशत स्वास्थ्य संस्थामा मात्र निःशुल्क औषधि पाइने गरेको र नेपाल-भारत संयुक्त अनुगमन संयन्त्र बैठकमा नेपालले सहुलियत ऋण निकासा गर्न माग गरेको समाचार पनि प्राथमिकताका साथ प्रकाशित छ ।

कान्तिपुर दैनिकले यथास्थितिमा चुनावमा नजाने मधेसी मोर्चाले अडान लिएको, सांसदहरुले सहकारीका लगाम खोल्ने गृहकार्यमा जुटेको समाचारलाई प्रथामिकताका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग डिभोर्स गर्न मधेसी मोर्चाले चेतावनी दिएको समाचारलाई प्रमुख स्थान दिएको छ । यसैगरी सगरमाथा आधार शिविरमा उद्धारको बेवास्ताले गर्दा पर्यटकको मृत्यु भएको र अवैधानिक नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीबनराम श्रेष्ठसँग खेलकुद मन्त्रालयका सचिवसहितका उच्च अधिकारीहरु विदेश भ्रमणमा निस्किएको समाचारलाई पहिलो पृष्ठमा स्थान दिइएको छ ।

राजधानी दैनिकले मधेसी मोर्चालाई मनाउन प्रधानमन्त्री असफल भएको, लोकमानमाथि महाअभियोग सिफारिस नहुने, सार्क सहसचिवस्तरीय बैठक काठमाडौंमा, सुपुर्दगी सन्धि गर्न प्रहरी दबावमा लगायतका शीर्षकका समाचाहरु पहिलो पृष्ठमा छापिएको छ ।

नेपाल समाचारपत्र दैनिकले धुँवा धूलो नियन्त्रण गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको, भूकम्पले क्षतिग्रस्त राणाकालीन दरबार गर्ने भन्नेमा अन्योल कायमै रहेको र मधेसी मोर्चा र प्रधानमन्त्रीबीचको बैठकमा कुरा नमिलेको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

गोरखापत्र दैनिकले निर्वाचनको मिति घोषणामा सहयोग गर्न प्रधानमन्त्रीले मधेसी मोर्चालाई आग्रह गरेको, सर्वोच्च अदालतको न्यायाधीशमा तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको, सार्बजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्यक्ष निर्वाचित भएको समाचारहरुलाई प्राथमिकताका साथ छापेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित