पशुपतिमा तलब : धानदेखि मासिक दुई लाख रुपैयाँसम्म

काठमाडौँ, २३ चैत । नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ ।

पारिश्रमिकका लागि धान दिने लिने चलनदेखि आधुनिक रूपमा उच्च रकमको तलब पशुपति क्षेत्रमा पाइन्छ । धानको हिसाबमा तलब दिइने भए पनि त्यसको गणना भने रुपियाँमा गर्ने चलन अहिले छ । पारिश्रमिकबापत धानको सट्टा रकम पाउने भएपछि पशुपति भण्डार तहबिलका रकमी (कर्मचारी) पनि खुसी छन् । धान कुटाउन समस्या हुने भएपछि त्यस बराबरको रकम उपलब्ध गराउने गरिएको छ । रकमीको नियुक्तिका लागि शैक्षिक योग्यता आवश्यक पर्दैन । उनीहरूले परम्परादेखि नै पुर्खाको काम धान्दै आएका छन् ।

अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले पुर्खादेखिको जिम्मेवारी रकमीहरूले सम्हाल्दै आएको बताउँदै भन्नुभयो, “वंश परम्पराका आधारमा नियुक्त हुने प्रचलन भएकाले यो विशेष सेवा हो । धानको सट्टा रकम पाउने भएपछि रकमीलाई सजिलो भएको छ । यसप्रति खुसी नहुने जागिर छाडेर गइसकेका छन् ।” प्रतिमुरी दुई हजार रुपियाँ उपलब्ध गराइन्छ भने बढीमा २६ मुरी धान पाउने रकमी छन् । पशुपतिनाथका मूल पुजारीलाई मासिक दुई लाख रुपियाँ र अन्य पुजारीलाई डेढ लाख रुपियाँ तलब व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको सरकारलाई ध्यानाकर्षण: दीर्घकालीन असर पर्ने निर्णय नगर

 असार २०,काठमाडौँ । नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

अख्तियार दुरुपयोग अनुसन्धान आयोगप्रति विश्वास जाग्न थाल्यो

११ असार २०८१, काठमाडौँ  । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याललगायत विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल