पहिरोविज्ञ कृष्ण देवकोटाका अनुसार सामान्य रूपमा तीन किसिमका पहिरो हुन्छन् । पहिलो भेल पहिरो अर्थात् गेग्रान बहाव, दोस्रो स्लोप फेलर अर्थात् सानो–सानो भिरालो जमिनमा जाने पहिरो र तेस्रो बिस्तारै सर्ने पहिरो हुन् ।

पहिलो खालको भेल पहिरो अग्ला पहाडमा बढी जान्छ भने तेस्रो प्रकारको पहिरो चुरे क्षेत्रमा जाने पहिरोमा पर्छ । दोस्रो खालको पहिरो भने नारायणगढ मुग्लिन सडक खण्डका जस्ता विकासे बाटो र निर्माणका कारण डाँडा काटिएपछि पहराबाट सुक्खा रूपमा झर्ने पहिरोलाई लिन सकिने उनले बताए ।
भेल पहिरो भने अधिक वर्षाका कारण कमजोर बनेका पहाडमा जानेगर्छ । देवकोटाले जतासुकै पहाड खनेर कमजोर पारिएको छ । त्यसपछि जोखिमको क्षेत्र पहिचान नगरी बस्ती बसेको छ, पछिल्लो कमजोरी यही हो भने । उनका अनुसार साधारणतया भेल पहिरो माटो वा माटो र ढुङ्गाको सम्मिश्रण भएको स्थानमा बढी जान्छ । माटोको ढिस्को भएका पहाड नेपालमा धेरै छन् ।
त्यस्ता पहाडमा खनिदिएपछि पहाडमा टाँड पर्छ । कतिपय स्थानमा खनेको माटो भीरतिर गएर अड्केर बस ेको हुन्छ । त्यसमा पानी परेपछि तौल बढ्छ । कमजोर भएको भित्रको माटो र थपिएको माटोसहित बगेर एकथरि भेल पहिरो जान्छ । अर्कोथरि खोल्सा खोल्सीको पानीले भित्रभित्रै माटोमा पानी पुगेपछि कमजोर भइसकेको भिरालो जमिन एक्कासि ठूलो पानी पर्दा भेलसँगै बगेर खस्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय