स्नातकोत्तर क्याम्पसका प्रमुख महोशकुमार खत्रीले पुस्तकालयमा रहेका मानविकी संकायअन्तर्गत १२ विषयका महत्वपूर्ण किताब र शोधपत्र कवाडी व्यवसायीलाई बेचेका छन् । यो समाचार कान्तिपुर दैनिकमा विनोद भण्डारीले लेखेका छन् ।

उनले १२ क्विन्टल किताब प्रतिकिलो ८ रुपैयाँ र ४ क्विटल शोधपत्र प्रतिकिलो १४ रुपैयाँका दरले बुधबार कवाडीलाई बिक्री गरेका हुन् ।
पुस्तकालयका किताब र विद्यार्थीले बुझाएका शोधपत्र बिक्री गर्न मिल्दैन ।
गर्नैपरे सम्बन्धित संकाय शिक्षक र विभागका प्रमुखसँग परामर्श गरेर माथिल्लो निकायको स्वीकृतिमा मुचुल्का उठाएरमात्र बिक्री गर्नुपर्ने हो ।
‘तर क्याम्पस प्रमुखले कुनै प्रक्रिया पूरा नगरी पुस्तकालयका करिब ५ हजार विद्यार्थीका शोधपत्र बिक्री गरेर गैरजिम्मेवार काम गरेको पाइयो,’स्नातकोत्तर क्याम्पस प्राध्यापक संघका सभापति टुनाराज भट्टले भने ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय