विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भागे । यो दौडभूप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पु¥याएर लैजान पाइन्छ । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।
गत वर्ष उनीहरु केन्द्रमा पुगे र आफूहरुलाई धर्मसन्तान चाहिएको बताए । केन्द्रले उनीहरुलाई नक्सालस्थित बालमन्दिर पठाइदियो । बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोलले पहिलो भेटमै शिशु मिलाई दिने बताएपछि ती दम्पती खुशीले भावविभोर भए ।
विभिन्न झमेला व्यहोर्नु प¥यो । बालमन्दिरका कारण यस्ता धेरै झमेला व्यहोर्नु परेको हो । सहाराविहीन बालबालिका संरक्षणको जिम्मा पाएको बालमन्दिरकै उच्चपदस्थ अधिकारीले निःसन्तान दम्पत्रीलाई साढे पाँच लाख रुपैयाँमा अर्कैको शिशु बेचिदिए । कानुनी उल्झनमा फस्ने अवस्था आएपछि दम्पतीको भावनामा खेलाँची गर्दै जबर्जस्ती फिर्ता लिए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय