August 24, 2019

‘भूँडीवाल’ सेना पदोन्नती हुन र शान्ति मिसनमा जान वञ्चित

भदौ ७,काठमाडौं : नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरु मेटाउँदै जानुको साथै भुँडे, अल्छी र अस्वस्थ्य हुन थालेपछि उचाई र तौलबीचको अनुपात मिलाउन जरुरी भएको छ ।  यसका लागि बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ ।

बीएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । सैनिक जवानदेखि रथीसम्मका उच्च सैनिक अधिकारीका लागि यो नियम लागू गरिएको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिकलाई स्वस्थ, फूर्तिलो र निरोगी बनाउन बीएमआई प्रभावकारी हुने अपेक्षा गरिएको छ । बीएमआईअनुसार शरीरको उचाइ र तौल सन्तुलित हुनुपर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वस्थ हुन बीएमआई फिट हुनुपर्ने उल्लेख गरेको छ । जसको उचाइअनुसार तौल हुन्छ, त्यो व्यक्ति स्वस्थ र निरोगी मात्र नभई फूर्तिलो र मानसिक रूपमा परिपक्व हुने गरेको जानकारी डब्लूएचओले दिएको छ । 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे सैनिक कर्मचारीको आकर्षण स्वस्थ शरीर र फूर्तिलो जीउडाल हुनु अनिवार्य भएकाले फौजीहरूका लागि यो नियम लागू गरिएको बताउनुहुन्छ । बीएमआई सन्तुलित नहुँदा सैनिक कर्मचारी मोटाउने र भुँडे हुँदा उच्च रक्तचाप, मधुमेह, दमजस्ता रोगबाट पीडित छन् । गाेरखापत्र दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय