नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।

उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ। अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ। यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टी्भित्र बलिया बन्नेछन्।
दुई कम्युनिस्ट पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुन परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए।
गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको प्रस्ताव गरेका थिए।
त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो, गौतमको ओलीसँग सम्वन्धविच्छेद हुने भयो। तर ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किए।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय