नेपालगन्जमा उपमहानगरपालिकाले वडा नं २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयकोको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन् । यो समाचार नागरिक दैनिकमा अर्जुन ओलीले लेखेका छन् ।

उपमहानगरको मुख्य र भित्री सडकमा गरी झनै एक हजार पाँच सयको संख्यामा छाडा गाईवस्तु रहेको अनुमान गरिएको छ ।
भारतबाट भित्रीएका यस्ता गाईगोरु व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ । घाँस र पानी नपाउँदा गाईबस्तु मर्ने क्रम पनि चलिरहेको छ । कान्जी हाउसका गाईबस्तुले उचित स्याहार नपाएको भन्दै अधिकारकर्मी तथा अभियन्ताले सामाजिक सञ्जालमार्फत उपमहानगरपालिकाको आलोचना गरिरहेका छन् ।
नेपालगन्जमा व्याप्त छाडा गाईबस्तु व्यवस्थापन र संरक्षणको चिन्ता सँगसँगै यो समस्यालाई राजनीतिक मुद्दा बनाउने प्रयास भइरहेको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय