August 16, 2019

मुख्यमन्त्री शाही विप्लवको निशानामा

जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री महेन्द्र बहादुरशाहीलाई विप्लव समुहले लक्षित गदै जता गयो उतै बम विस्फोट गराउँदै आइरहका छन् । आफ्नो आधार क्षेत्रमा अनुमती विना विभिन्न कार्यक्रमलाई उद्घाटन र सम्बोधन गरेको भन्दै दिन दिनै बम विस्फोट गराउँदै उनीहरुले आफ्नो प्रमुख निशानामा राखेका हुन् । यो समाचार आजको राजधानी दैनिकमा विश्वनाथ सिम्खडाले लेखेका छन् । 

Image result for mahendra bahadur shahi

बुधबार पचालझरना गाउँपालिकाको विषेश गाउँसभालाई सम्बोधन गदै गर्दा विप्लव समुहले दुई वटा बम विस्फोट गरे । कार्यक्रम स्थल भन्दा दुई सय मिटर नजिकै विप्लव समुहले बम विस्फोट गरेका हुन् ।

गाउँसभा सम्पन्न गरी आफनो गृहगाउँमा वास बसेर रास्कोटको एउटा कार्यक्रमलाई सम्बोधन गर्न हिँडेका मुख्यमन्त्री शाहीसंगै कर्णाली प्रदेश सदस्य कुर्मराज शाहीलाई लक्षित गरी विप्लव समुहले रास्कोटको कृर्षि जेटिए कलेज नजिकै फेरि दुई वटा वम विस्फोट गराएको छ ।

यो भन्दा पहिले पनि जिल्लाको पलाता गाउँपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्न आएका शाहीलाई लक्षित गरी चन्द समुहले बम विस्फोट गरेको थियो । त्यस भन्दा पहिले पनि कतै कालो भन्डा त कतै बम विस्फोट गराउदै आइरहेको छ । अहिले सम्म मुख्यमन्त्री शाहीलाई लक्षित गरि तिन पटक वम विस्फोट गरेको छ भने, एक पटके कालो झन्डा देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय