देशका मुख्य भन्सार नाकाबाटै ठूलो परिमाणमा राजस्व छली हुने गरेको तथ्य सार्वजनिक भएको छ । भन्सार विभागले तोकेको लक्ष्यअनुसार मातहतका कार्यालयले राजस्व नउठाउँदा राजस्व छली भएको विज्ञहरूले बताएका छन् । यो समाचार आजको राजधानी दैनिकमा भवनाथ प्याकुरेलले लेखेका छन् ।
राजस्व छली हुने क्रम बढ्दा अधिकांश भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेका छैनन् ।विज्ञहरूका अनुसार भन्सारका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा नै राजस्व छली हुँदै आएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार मुलुकको सबैभन्दा ठूलो भन्सार नाका वीरगन्जबाट ८९ अर्ब ८० करोड ५७ लाख १३ हजार राजस्व उठेको छ ।
जब कि सो भन्सार नाकाबाट राजस्व उठाउने लक्ष्य भने ९६ अर्ब ७६ करोड २५ लाख ४६ हजार राखिएको थियो । सो नाकाबाट लक्ष्यभन्दा ७ अर्ब बढी राजस्व उठ्न नसकेको पाइएको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयबाट ५८ अर्ब ६३ करोड ५२ लाख राजस्व उठाउने लक्ष्य राखेकोमा ५० अर्ब ९४ करोड ८२ लाख मात्रै राजस्व उठेको जनाएको छ ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स