दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो । यो समाचार कारोबार दैनिकमा किरण आचार्यले लेखेका छन् ।

दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ ।
‘उपभोग्य वस्तु लगायत पशु आहारा ढुटो, दाना चोकर र कृषि श्रमिकको मूल्य वर्षेनि निरन्तर रुपमा बढ्ने तर दूधको मूल्य लामोसमयदेखि नबढ्दा किसानको उत्पादन लागत उठ्नै छाडेको छ,’ संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने,‘मूल्य बढाउनुनको विकल्पै छैन, साउनभित्रै नगरे हामी आन्दोलनमा होमिनेछौं । उनले कृषिमन्त्री र मन्त्रालय सकारात्मक रहेको भन्दौ मूल्यवृद्धि हुनेमा आफूहरु विश्वस्त रहेको बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय