विकट भौगोलिक जिल्ला मनाङमा पूर्वाधार निर्माणले गति लिन सकेको छैन । ठेक्का मात्रै ओगट्ने तर काम नगर्ने ठेकेदारका कारण मनाङ पछाडि परेको स्थानीय बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा नवीन लामिछानेले लेखेका छन् ।

काठेपुलको भरमा यात्रा गर्न बाध्य छन् स्थानीय तथा पर्यटकहरु । काठेपुलबाट यात्रा गर्दा खसेर मरिएला भन्ने डरले आक्रान्त बनेको स्थानीय फिन्जो लामाले बताउनुभयो ।
ठेकेदार कम्पनी द क्याराभानले मनाङमा १ अर्ब बढीको ठेक्का ओगटे पनि काम गरेको छैन । कम्पनीले मनाङका ६ वटा मोटरेबल पुल र एउटा सडक स्तरोन्नतिको जिम्मा पाएको वर्षौं बितिसक्दा पनि अधिकांश आयोजनाको प्रगति शून्य नै छ । ठेकेदार कम्पनीले समयमा काम नगरेका कारण मनाङका स्थानीय र पर्यटकहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
मनाङका निम्न ठाउँमा यस्तो सम्झौता गरेको पाईन्छ ।
कम्पनीले दूधखोला मोटरेबल पुल, तिमाङ खोला पुल, पिसाङ खोला पुल, मुङ्जे खोला पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्माण सम्पन्न गर्नु त परैको कुरो हालसम्म प्रगति शून्य भएको छ अझै प्रक्रियामा रहेको छ ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय