August 6, 2019

फुट्यो ताल, टुट्यो सपना

चट्टानसहितको पहिरोले गत वर्ष बडिगाड खोला थुनिर ताल बन्यो। ढोरपाटन-२ का गंगाबहादुर थापाको २५ मुरी धान फल्ने खेत डुब्यो। ताल फुटाएर निकास दिन अढाई महिनाजति उनले प्रयास गरे। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिल शिरीषले लेखेका छन् ।

Image result for flood destroy road

केही उपाय लागेन। बरु बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि ताललाई पर्यटकीय गन्तव्य बनाउन लागे। हिउँद लाग्दा तालमा डुंगा चल्न थाल्यो। थापासहित २७ कुमाल परिवारले डुंगा चलाएर आयआर्जन गरे। आन्तरिक पर्यटकको आवागमन बाक्लिँदै थियो। अन्य किराना, चनाचटपटको व्यापार बढ्दो थियो। तर, पर्यटक भित्र्याएर आम्दानी गर्ने स्थानीयको सपना ताल फुटेपछि चकनाचुर भएको छ।

स्थानीयवासी सुरुमा ताल सुकाउन लागेका थिए। जनप्रतिनिधि र अरूको कुरा सुनेपछि उनीहरूको सोच परिवर्तन भएको थियो। ‘तत्काल फुटाउने सम्भावना नदेखिएपछि यसलाई आम्दानीको स्रोत बनाउने सोच बनायौं’, स्थानीय चूडाबहादुर कुमालले भने, ‘अब त केही हुन्छ कि भन्ने आशा र सपना पलाउँदै थियो। तर, प्रकृतिले हामीमाथि पटक-पटक अन्याय गर्‍यो।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण