August 4, 2019

अशोकवृक्षमा कम्प्लेक्सको तयारीः विहार जोगाउन आन्दोलन

असनको अशोकवृक्ष विहार जोगाउन स्थानीयवासी, सम्पदा संरक्षण अभियन्तालगायत आन्दोलनमा उत्रिएका छन्  । यो समाचार कान्तिपुर दैनिकमा दामोदर न्यौपानेले लेखेका छन् ।

गुठी संस्थानले विहार भत्काएर कम्प्लेक्स बनाउन लागेपछि उनीहरु चरणबद्ध आन्दोलनमा लागेका हुन् । ५०० वर्ष पूरानो विहार नमास्न माग गर्दै दुई महिनादेखि हस्ताक्षर अभियान समेत सञ्चालन भइरहेको छ । 

यसलाई जोगाउन जनमत तयार गर्न भक्तपुर तथा टोखालगायतका स्थानमा समेत हस्तारक्षर अभियान सञ्चालन विहारका सञ्जीव बज्राचार्यले जानकारी दिए । पुस्तौंदेखि १४ परिवारले रेखदेख, भोगचलन र संरक्षण गर्दै आएको सम्पदा हो यो ।

शुक्रबार विहानदेखि असनमा हस्ताक्षर अभियान गरेका थिए । ‘संकलित हस्तारक्षरसहितको ज्ञापनपत्र गुठीलाई बुझाउँछौं,’ बज्राचार्य भन्दछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण