August 3, 2019

वाइडबडीले जापानको नारिता उडान गर्दै

दशैंको छेको पारेर नेपाल वायुसेवा निगमको वाइबडी विमानले नेपाली समुदाय अत्यधिक भएको जापानको राजधानी टोकियोलाई लक्षित गर्दै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने भएको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

Image result for annapurna nepal airlines

असोज ९ र १५ गते हुने दुइटा चार्टर उडान नेपाली ट्राभल कम्पनी सुमेघ टुर्स एन्ड ट्राभल्र्सले गर्न लागेको हो ।

यी नियमित उडान होइनन् । सुमेघले निगमको वाइड बढीको प्रतिघण्टाको भाडा दरमा लिई उडान गर्न लागेको हो । जापानको नारिता नेपला वायुसेवा निगमको पहिलो अवतरण हुनेछ । १२ वर्षअघि निगम चीनको सांघाईमा टेकेर काठमाडौँ–ओसाका–काठमाडौँ उडान गर्थ्यो । राजधानी टोकियोदेखि ओसाका कम्तिमा ६ सय किलोमिटर दुरीमा पर्छ । यी दुई सहरको सडक यात्रा गर्न साढे ७ घण्टा समय लाग्छ ।

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार पहिलो उडान असोज ९ गते राति साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय