August 3, 2019

वाइडबडीले जापानको नारिता उडान गर्दै

दशैंको छेको पारेर नेपाल वायुसेवा निगमको वाइबडी विमानले नेपाली समुदाय अत्यधिक भएको जापानको राजधानी टोकियोलाई लक्षित गर्दै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने भएको छ । यो समाचार कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

Image result for annapurna nepal airlines

असोज ९ र १५ गते हुने दुइटा चार्टर उडान नेपाली ट्राभल कम्पनी सुमेघ टुर्स एन्ड ट्राभल्र्सले गर्न लागेको हो ।

यी नियमित उडान होइनन् । सुमेघले निगमको वाइड बढीको प्रतिघण्टाको भाडा दरमा लिई उडान गर्न लागेको हो । जापानको नारिता नेपला वायुसेवा निगमको पहिलो अवतरण हुनेछ । १२ वर्षअघि निगम चीनको सांघाईमा टेकेर काठमाडौँ–ओसाका–काठमाडौँ उडान गर्थ्यो । राजधानी टोकियोदेखि ओसाका कम्तिमा ६ सय किलोमिटर दुरीमा पर्छ । यी दुई सहरको सडक यात्रा गर्न साढे ७ घण्टा समय लाग्छ ।

निगमका सहप्रवक्ता सुलेख मिश्रका अनुसार पहिलो उडान असोज ९ गते राति साढे ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण