August 3, 2019

१८ प्रतिशतले बढाइयो उच्चपदस्थको तलब

सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।

अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो ।

सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो ।

त्यति बेला सरकारले विशिष्ट पदाधिकारीकारीको  वृद्धि गरेको थिएन । पदाधिकारीको सेवा सुविधा छुट्टै ऐनका आधारमा तोकिने भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो ।

स्रोतअनुसार राष्ट्रध्यक्षको तलब मासिक २७ हजार ८१ लाख रुपैयाँ बढेको छ । राष्ट्रपतिको तलब  १ लाख ५० हजार ४०० बाट बढेर १ लाख ७७ हजार ५३१ पुगेको छ । उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख १५ हजार ११५ पुगेको छ ।

त्यसैगरी प्रधानमन्त्रीको तलव ७७ हजार २८० बाट बढेर ९१ हजार १९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय