एक सातायता निस्कृय रहेको मनसुन अब सक्रिय हुने भएको छ । मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा (मनसुन ट्रफ) भारतको उत्तरी भू–भागतर्फ सर्ने क्रम शुरु भएसँगै नेपालमा वर्षाको प्रभाव दोहोरिने भएको हो ।
मनसुन ट्रफ सामान्य रेखा नजिक सर्न थालेको र केही दिनभित्रमा नेपाल नजिक आउने भएकाले निस्कृय मनसुन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए ।
‘तत्काल निरन्तर र भारी वर्षाको संभावना नरहे पनि धेरै ठाउँमा मध्यमस्तरको वर्षा हुने गतिविधि विकास भइरहेको छ’–विहीवार साँझ उहाँले नेपाल समाचारपत्रसँग भने ।
न्यूनचापीय रेखा भारतको गंगानगर, अलाहवाद, कलकत्ता, बंगालको खाडीको शिर आसपासको भेगमा सरेको अवस्थालाई मौसमविद्हरु सामान्य अवस्थाका रुपमा बुझ्ने गर्छन् ।
काल्पनिक यस्तो रेखा ती क्षेत्रबाट भारतको उत्तरी दिशातर्फ सरेपछि नेपाली भू–भागमा मनसुनी प्रभाव पर्ने गर्छ भने ‘इन्डोग्याङगेटिक प्लेन’ भन्दा तल सरेको अवस्थामा मनसुन निस्कृय हुने गर्छ । मनसुनी रेखा नेपाल नजिक सरेपछि नेपालमा भारी वर्षा हुने गरेको प्रधानाङ्गले प्रष्ट्याए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय