July 28, 2019

नेकपामा विभाग मोहको उल्झन

साउन १२, पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका ३२ विभागमध्ये ६ वटामा चारवटा पूर्व एमाले र २ वटा पूर्वमाओवादीको भागमा लगाएका छन् । ती विभागमा शीर्ष नेताले नै आँखा लगाउँदा विवाद देखिएको छ ।

२०५० सालमा तत्कालीन एमाले विदेश विभाग प्रमुख रहेका माधवकुमार नेपालले महासचिव भएपछि सो विभाग छाडेका थिए । 

२०६४ सालमा भएको संविधासभाको चुनावमा पार्टीको हार भएपछि महासचिवबाट राजीनामा दिएका नेपाल २०६६ सालपछि पनि विदेश विभाग प्रमुख भएका थिए । तत्कालिन एमाले र माओवादी केन्द्र एकीकृत भइ बनेको नेकपाको विदेश विभाग प्रमुख पनि उनलाई नै बनाउने तयारी छ ।

२०४९ सालमा तत्कालिन एमाले प्रचार विभाग प्रमुख रहेका झलनाथ खनाल पनि एक पटक विदेश विभाग प्रमुख भइसकेका छन् । 

एकीकरणपछि बनेको नेकपाको नीति अध्ययन विभाग वा स्कुल विभाग खनाललाई दिने तयारी छ । यो समाचार नागारिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण