विप्लवप्रति सरकारी नीति ‘नियन्त्रण पनि वार्ता पनि’

साउन ९,काठमाडौं : सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग वार्ता र नियन्त्रण दुवै नीति अख्तियार गर्दै अघि बढेको छ । मुलुकको विखण्डनको माग गर्दै आएका सीके राउतलाई समेत पहिले नियन्त्रण र पछि वार्ताको नीतिबाट नै राजनीतिक मूलधारमा ल्याउन सफल भएको निष्कर्षसहित सरकारले विप्लव समूहलाई समेत सोही नीतिबाट भए पनि मूलधारमा ल्याउन सकिने निष्कर्ष निकालेको स्रोतले जनाएको हो ।

 गृहमन्त्री रामबहादुर थापाले मंगलबार गृहमन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रियामा समेत विप्लव समूहलाई नियन्त्रण र वार्ता दुवै नीतिबाट मूलधारमा ल्याइने बताएका थिए ।  सञ्चारकर्मीसँगको अन्तक्र्रियामा गृहमन्त्री थापाले विप्लव समूहबाट राजनीति स्थायित्व र प्राप्त उपलब्धिप्रति समेत चुनौती रहेको र सोही कारण मुलुकमा शान्ति सुरक्षासमेत पूर्ण रूपमा कायम हुन नसकेको बताएका थिए । सरकारले विप्लव समूहसँग वार्ताका लागि समिति बनाएरै पहलसमेत गरिरहेको छ ।

नेकपा महासचिव विप्लवले भने सरकारले वार्ताको कुप्रचार गरेको जनाएका छन । उनले आफ्ना नेता माइला लामाको पक्राउपछि विज्ञप्ति जारी गरेर सरकारले वार्ताको कुप्रचार गरेको जनाएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण