महन्तले बेचे अर्बौं रुपैयाँ पर्ने मठमन्दिरको जग्गा

एक महन्तले गुठी संस्थानअन्तर्गत विभिन्न मठ मन्दिरका अर्बौं रुपैयाँ पर्ने जग्गा आफ्नो स्वामित्वमा ल्याएर बेचेको तथ्य फेला परेको छ । महोत्तरी महिटानी गाविस स्थायी घर भएका लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्त जगन्नाथ दास वैष्णवले सबा तीन अर्ब रुपैयाँभन्दा बढीको सरकारी जमिन बिक्री गरेका हुन् । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेल र सुरेश यादवले लेखेका छन् ।

jagga-khet-jamin_dU0vqz7DNq

सरकारी जमिनको संरक्षण नहुँदा संस्थानअन्तर्गत रुपन्देही र धनुषा जिल्लामा लक्ष्मी नारायण, रामजानकी लगायत मन्दिरको करिब सात बिघा जमिन बिक्री गरेर हिनामिना गरेका छन् । उक्त जमिनको अहिलेको चलनचल्तीको मूल्य तीन अर्ब २३ करोड रुपैयाँ पर्छ ।

नागरिकलाई प्राप्त कागजातअनुसार जगन्नाथले धनुषामा करिब पाँच बिघा र रुपन्देहीमा दुई बिघा जमिन विभिन्न मितिमा बिक्री गरेको भेटिएको छ । चलनचल्तीको मूल्यअनुसार धनुषाको जग्गाको मूल्य करिब तीन अर्ब र रुपन्देहीको जमिनको मूल्य करिब २३ करोड पर्छ ।

मन्दिरका गुरु कौशल किशोरको मृत्युपछि उनका चेला जगन्नाथले मठमन्दिरले प्रयोग गर्दै आएको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरेका हुन्। मालपोत, नापीका कर्मचारी र गुठी संस्थानका उच्च नेतृत्वसँगको मिलेमतोमा उनले जग्गा बिक्री गरेका हुन्। गुठी संस्थानको हेलचक्र्याइँका कारण महन्तले सरकारी जमिनमा रजाइँ गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय