खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । सो घटनामा सर्लाहीका विजय बैठा सहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
शनिवार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भएपनि उनीहरुको नेपाल ठेगाना खुल्न नसकेको बताइएको छ ।
आगलागीबारेको खवर प्राप्त भएपनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।
‘घटनामा एक पुरुष र दुई नेपाली महिलाको निधन भएको कुरा आएको छ, उनको विस्तृत घर ठेगाना खुल्न बाँकी छ, दूतावास मार्फत अन्य हताहातीबारे बुझ्ने काम भइरहेको छ’–उनले भने ।
आगलागीमा परी अन्य नागरिकको पनि ज्यान गएको बताइएपनि अन्य नेपाली हुन्÷होइनन् भनेर प्रष्ट हुन बाँकी रहेको पौडेलले बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय