July 10, 2019

कलंकी–महाराजगन्ज सडक खण्डः यो वर्ष साइट क्लियर अर्को वर्षदेखि निर्माण

सरकारले आगामी आर्थिक वर्षदेखि कलंकी–महाराजगन्ज सडक खण्डको अवरोध हटाएर विस्तार गर्ने भएको छ । अहिले चिनियाँ कम्पनीले उक्त खण्डको डिपिआर निर्माण गरिरहेको छ । यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् । 

सडक विभागको वैदेशिक समन्वय महाशाखा प्रमुख अर्जनुजंग कार्की चिनियाँ पक्षसँग छिट्टै वार्ता गरेर सडक विस्तार कार्यलाई अघि बढाउने तयारी भइरहेको बताउँछन् । 

‘चिनियाँ पक्षसँग केही हप्ताभित्रै वार्ता गर्ने तयारी गरिरहेका छौँ,’ उनले भने, ‘उनीहरुले तयार पारेको प्रारम्भिक डिपिआरमाथि छलफल गरेर आवश्यक निर्णय गर्नेछौँ ।’

महाशाखाले उक्त खण्डको ८.२ किलोमिटर सडकमा भएका घर, टहरा, बिजुलीका पोल, टेलिकम÷अन्य सेवा प्रदायक कम्पनीका पोल, खानेपानी, ढल तथा रुख हटाउने काम अघि बढाइएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय