July 8, 2019

सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा भत्ता दिने कि नदिने ?

निजामती सेवाबाट सेवानिवृत्त कर्मचारीलाई चाडपर्वमा दिइने भत्ता कटौती गर्ने विषयमा सांसदबीच मतभेद देखिएको छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा सेवानिवृत्त कर्मचारीलाई दिने चाडपर्व भत्तालाई लिएर समितिमा मतभेद देखिएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चिरञ्जीवी घिमिरले लेखेका छन् ।

विधेयको दफा ४७ (२) मा ‘निवृत्तभरण पाउने गरी अवकाश प्राप्त कर्मचारी वा निजको पारिवारिक निवृत्तभरण पाउने व्यक्तिले निजले पाउने एक महिनाको निवृत्तभरण बराबरको रकम चाडपर्व खर्चको रूपमा पाउने’उल्लेख गरिएको छ ।

अहिले पनि सेवानिवृत्त कर्मचारीले चाडपर्वबापत वर्ष थप एक महिनाको तलब पाउँदै आएका छन् । सांसदले सेवाबाट अवकास पाएका कर्मचारीलाई दिइने चाडपर्वभत्ताले राज्यलाई आर्थिक बोझ मात्रै थुपार्ने भन्दै कटौती गर्न प्रस्ताव गरे। सेवामै रहेका कर्मचारीको मनोबल उच्च पार्न दिइने दसैँभत्ता निवृत्तलाई दिन नहुने सांसदको तर्क छ ।

‘काम गरिरहेकालाई प्रत्साहनका लागि चाडपर्वभत्ता दिइनु ठीकै हुन्छ’, सांसद राजकिशोर यादवले भने, ‘काम गर्नेलाई राज्यले राम्रोसँग पाल्न सकेको छैन । अवकास प्राप्तलाई चडपर्वभत्ता दिने ? यो त हुँदैन म त पेन्सनमै पुनर्विचार गरौँ भन्छु ।’

कांग्रेस सांसद अमरेसकुमार सिंहले सेवानिवृत्तलाई चार्डपर्व खर्च दिँदा जनतालाई नै भार पर्ने तर्क गरे। ‘सेवानिवृत्तलाई भत्ता दिनु भनेको जनतालाई भार पार्नु हो । उनीहरूले सेवा गरेवापत १२ महिनाको पेन्सन पाउँछन्’, उनले भने, ‘चाडपर्वभत्ता दिने भए सबै नेपालीलाई दिऔँ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत

फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।

पोखरा महानगरको ‘भ्रष्टाचार’ : सवा अर्बको लगानी, बालुवामा पानी !

काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित

प्रधानमन्त्रीबाट सिद्धबाबा सुरुङमार्गको भर्चुअलरूपमा ब्रेक थ्रु

प्रधानमन्त्री केपी शर्मा ओली भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गर्नुहुँदै । तस्बिर : प्रधानमन्त्रीको

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

कांग्रेस-एमाले सहमतिमा के छ ? 

पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड