राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा मणिलाल विश्वकर्माले लेखेका छन् ।
सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्साइन नगरपालिका–६ प्रीतमपुरका १४ वर्षीय प्रमोदकुमार सदाय, १४ वर्षीय ललकु सदाय र उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटका १६ वर्षीय अक्षय सदायको उद्धार भएको हो । ‘समाचार आएपछि तत्काल दिल्लीस्थित दूतावाससँग समन्वय गर्यौँ र उनीहरू बन्धक बनाइएको ठाउँ यकिन गरेपछि सकुशल उद्धार सम्भव भएको छ,’ राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले नयाँ पत्रिकासँग भनिन् ।
४५ किशोर अझै बन्धक, उजुरी नगर्न धम्की
दलाल रवि महतोले नै लगेका सिरहा सखुवानन्कारकट्टी गाउँपालिका–२ मिर्जापुरका १५ र भगवानपुर गाउँपालिकास्थित इनर्वा लालपुर गाउँका ३० किशोर अझै बन्धक बनाइएको फर्किएका पीडितले बनाएका छन् । उनीहरूका अनुसार आफूहरूलाई घर फर्काउनुअघि महतो नगर क्षेत्र पुगेका थिए । महतोले बाटो खर्च भन्दै पाँच–पाँच हजार दिएर लहान प्रहरीमा आफूविरुद्ध परेको उजुरी फिर्ता लिन बाबुआमालाई सम्झाउनु भन्दै धम्क्याएको विजय सदायले बताए । ‘उजुरी फर्ता लिए नौ महिनासम्म काम गरेको रकम दिन्छु, अन्यथा तिमीहरूलाई जे पनि गर्न सक्छु भन्दै धम्क्याएका छन्,’ उनले भने ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय