July 7, 2019

मौसमको पूर्वसूचनाले घटाउन सक्छ जोखिम, वर्षामा बाहिर हिँड्दा के–के गर्ने ?

वर्षाका बेला कतै हिँडडुल गर्नु छ भने ११५५ टोल फ्री नम्बरमा सम्पर्क गर्नुहोस् । जहाँबाट वर्षा बढी हुने स्थान, बाढी, पहिरो र डुबान जोखिम क्षेत्रको जानकारी सहजै दिइन्छ । ‘नेपाल फ्लड अलर्ट’ नामको फेसबुक पेज र ट्विटर पेजमा पुगेर पनि वर्षा र यसले निम्त्याउने जोखिमको अवस्था थाहा पाउन सकिने बाढी पूर्वानुमान महाशाखाका कर्मचारी सुनिल पोखरेलले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

उनले भनेझैँ त्यस पेजमा शनिबार बिहानै तीन दिनको बाढी पूर्वानुमानको सूचना प्रकाशित भयो । जानकारीसँगै नदीको नक्सामा बाढीले देखिएको उतारचढाव सहितको जानकारी पनि उपलब्ध छ । 
बाढी पूर्वानुमान बुलेटिनमा राखिएको सूचनाअनुसार विगत २४ घन्टामा सबैभन्दा बढी वर्षा लमजुङको बँेसी सहरमा भएको छ । 

यस अवधिमा करिब १०० मिलिमिटरवर्षा भएको थियो । सोही बुलेटिनमा नेपालका ठूला तथा मझौला नदीहरू कन्काई, कोसी, कमला, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा आइतबाररातिसम्म हुने वर्षाले बहाव बढ्ने तर सतर्कता तहभन्दा तल नै बहावको अवस्था स्थिररहने उल्लेख छ । 

बुलेटिनमा उल्लेख भएअनुसार सुदूरपश्चिम, मध्यपश्चिम र पश्चिम क्षेत्रका स्थानीय नदीमा भने बहाव उच्च रहँदा आकस्मिक बाढी आउने सम्भावना छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुरको चुरे पहाडबाट बग्ने नदी तथा पाँच नम्बर प्रदेशको बर्दिया, बाँके, दाङ, कर्णालीका केही र प्रदेश ३ का पहाडी जिल्लामा बग्ने नदीमा बाढी आउने भएकाले सतर्क रहन भनिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय