July 6, 2019

ओली क्याबिनेटमा पीएचडी डाक्टरदेखि एसएलसी पाससम्म

केपी ओली नेतृत्वको सरकारमा पीएचडी गर्ने डाक्टरदेखि माध्यमिक तहसम्मको मात्र अध्ययन गरेका नेता सहभागी छन्। कुल २४ जनाको क्याबिनेटमा दुईजनाले पीएचडी, ६ जनाले स्नातकोत्तर, ९ जनाले स्नातक, ४ जनाले प्रवीणता प्रमाणपत्र तह र तीनजनाले माध्यमिक तहको शिक्षामात्र अध्ययन गरेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र कृषिमन्त्री चक्रपाणि खनालले माध्यमिक तहसम्मको अध्ययन गरेका छन्। एसएलसी मात्र उत्तीर्ण गरेका प्रधानमन्त्री ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दवल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयलगायतका विभिन्न विश्वविद्यालयले पीएचडीकै मानार्थ उपाधि दिएका छन्।

प्रमाणपत्र तहमात्र अध्ययन गर्ने क्याबिनेट मन्त्रीमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा र संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री रामकुमारी चौधरी छन्।

ओली सरकारको मन्त्रिमण्डलमा सबैभन्दा बढी स्नातक गरेका नेता छन्। ९ जना मन्त्रीले स्नातकसम्मको अध्ययन गरेका छन्। त्यसैमध्येका वनमन्त्री स्नातकोत्तरको पनि अहिले परीक्षा दिइरहेका छन्। अन्य स्नातक गरेका मन्त्रीमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) लगायत छन्। पोखरेलले बीएड अध्ययन गरेका छन्। गृहमन्त्री थापाले रामपुर क्याम्पसबाट आईएस्सीएजी सकेर मस्कोको लुमुम्बा विश्वविद्यालयबाट बाली विज्ञानमा स्नातक गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय