July 5, 2019

सांसद शाहीको चुनौती, ‘प्रधानमन्त्रीज्यू, स्कुटीमा मास्क नलगाई हिँड्न सक्नुहुनछ ?’

‘प्रधानमन्त्रीज्यू, मेरो स्कुटरकोपछाडि बसेर वनस्थली जाऊँ, अनि थाहा हुन्छ, काठमाडौँमा मास्क लगाउनुपर्छ कि पर्दैन’, प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेस सांसद रंगमती शाहीले भनिन्, ‘अनि थाहा हुन्छ, काठमाडौँको अवस्था कस्तो छ भनेर ।’ यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।

सांसद शाहीले प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री भएपछि काठमाडौँमा मास्क लगाउनुपर्ने बाध्यता हटेको भनी दिएको अभिव्यक्तिप्रति व्यंग्य गरेकी हुन् । 

उनले थपिन्, ‘एसी लगाएको गाडीको कालो सिसाबाट हेरेर काठमाडौँमा मास्क लगाउनुपर्दैन भनेर हुँदैन । प्रधामन्त्रीज्यू मेरो स्कुटीको पछाडि बस्नुस् । म स्कुटी चलाउँछु, तपाईं मास्क नलगाई सिंहदरबारबाट वनस्थली पुग्न सक्नुहुन्छ कि हुँदैन, अनि थाहा हुन्छ यहाँको वास्तविकता ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय