July 5, 2019

खुला स्थल अतिक्रमणको सिकार

एकाबिहानै टुँडिखेलको चौरमा व्यायाम गर्नेहरूको हुलमा हुनुहुन्थ्यो, सञ्जीवकुमार शर्मा । क्षेत्रपाटी बस्ने उनी हिँड्दै टुँडिखेलसम्म आउँछन् र केहीबेर व्यायाम गरी फर्किन्छन् । कहिले टुँडिखेल त कहिले स्वयम्भू उनको बिहानी कसरत गर्ने ठाउँ हो । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लेखेका छन् ।

“नजिकै ठूलो खुला ठाउँ नभएपछि टाढा भए पनि आउनै प¥यो,” उनले भने, “हामी जिममा पैसा तिरेर दिनदिनै जान सक्दैनौँ, त्यसैले यस्ता खुला स्थलहरू खोज्दै हिँड्नुप¥यो नि । ” 

शर्माजस्तै धेरैको व्यायाम गर्ने थलो टुँडिखेल हो । सैनिक मञ्चको तारबारभन्दा बाहिरको थोरै खुला ठाउँमा एकाबिहानै दौड्ने, खेल्ने, योग गर्नेहरूको भीड देख्न सकिन्छ । 

अस्तव्यस्त सहरी जीवनशैलीबीच स्वास्थ्यप्रति सचेत जनसङ्ख्या अचेल शारीरिक कसरतप्रति आकर्षित छन् । केही मानिस व्यावसायिक जिमखाना, योगघरतिर जान्छन् त कोही सार्वजनिक खुला स्थानमा व्यायाम गर्न मन पराउँछन् । 

सहरी योजनाकार विजयकृष्ण श्रेष्ठ त सहरमा यस्ता खुला स्थानहरू सबैभन्दा पहिला सामुदायिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने बताउँछन् तर सहरमा मानव बसोबासको क्षेत्र बढ्दै गर्दा खुला स्थलहरूको आकार भने घट्दैछ । यो सहरी सामुदायिक स्वास्थ्य र सौन्दर्यका हिसाबले चुनौतीपूर्ण अवस्था रहेको उनी बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय