June 28, 2019

‘सेटिङ’ रोकिएपछि लाइसेन्सको ट्रायलमा नक्कली परीक्षार्थी

लिखित परीक्षा र ट्रायल नै नलिई सवारीचालक अनुमतिपत्र (लाइसेन्स) दिलाउने चलखेलमा कडाइ गरेपछि नक्कली परीक्षार्थी प्रयोग हुन थालेको छ । मोटो रकम लिएर लाइसेन्स बनाइदिने समूहले अहिले ट्रायलमा नक्कली परीक्षार्थी पठाएर चलखेल गर्न थालेका हुन् । गिरोहले एउटाको ट्रायलमा अर्काेलाई पठाएर चलखेल गर्न थालेको प्रहरीले जनाएको छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले मात्र पछिल्लो तीन महिनामा पाँचजना नक्कली परीक्षार्थीलाई ट्रायलकै क्रममा पक्राउ गरेको छ । कार्यालयकी प्रमुख कमला थापा खत्रीले आर्थिक चलखेलकै आधारमा ट्रायलमा नक्कली परीक्षार्थी खटाउने गरेको भेटिएको बताइन् । अन्य यायायात कार्यालयले पनि नक्कली परीक्षार्थी पक्राउ गर्दै आएका छन् । 

ट्रायलका क्रममा अनिवार्य रूपमा नागरिकता लैजानुपर्छ । तर, नागरिकताको फोटो पुरानो हुने भएकाले ट्रायलमा जानेको हो–होइन छुट्याउन गाह्रो हुने र यसैको फाइदा उठाएर एउटाको नाममा अर्कोले ट्रायल दिने गरेको यातायातका कर्मचारी बताउँछन् । अरूको नाममा परीक्षा दिने तथा दिन लगाउने दुवै पक्षलाई कारबाही गरिएको थापाले बताइन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय