सरकारले धोका दिन सक्छ भन्दै निकालियो खबरदारी जुलस

राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता लिने सरकारी प्रतिबद्धतामा धोका हुन सक्ने भन्दै सोमबार उपत्यकामा बृहत् प्रदर्शन भएको छ ।यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् ।

सरकारले सभाबाट विधयेक फिर्ता लिने एकदिन अगाडि उपत्यकाको वसन्तपुर, पाटन दरबार क्षेत्र मंगलबजार, कीर्तिपुर, लुभु र भक्तपुर, मध्यपुर, ठिमीलगायत स्थानबाट खबरदारी जुलुस निस्किएको हो ।  प्रतिबद्धताअनुरूप विधेयक फिर्ता लिने विषयमा धोका हुने भन्दैै खबदारी जुलुस निकालिएको गुठी विधयेक संघर्ष समितिले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले गत साता गुठी विधेयक फिर्ता लिने घोषणा गरेपछि राष्ट्रिय सभाको बैठक आज मंगलबार बस्ने भएको छ। गत मंगलबार सो घोषणा गरेको मन्त्री अर्यालले त्यसको तीन दिनपछि मात्र विधयेक फिर्ता लिने औपचारिक प्रस्ताव पठाउनुभएको थियो । 

विधेयक फिर्ता लिने सो प्रस्ताव बहुमत सदस्यले पारित गरेमा मात्र सभाबाट औपचारिकरूपमा फिर्ता हुुन्छ । सो विधेयक यसअघि राष्ट्रिय सभामा सैद्धान्तिक छलफल भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय