थानकोटबाट मकवानपुरको चित्लाङ जोड्ने सडक स्तरोन्नति क्रममा कानुनविपरीत वन क्षेत्रमा अत्यधिक दोहन गरिएको छ । थानकोटको गोदामदेखि चित्लाङसम्मको ६ किलोमिटर कच्ची सडकलाई स्तरोन्नति गर्ने क्रममा आवश्यकभन्दा बढी वन विनाश गरिएको हो ।यो समाचार आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन् ।

वातावरणीय पक्ष ख्यालै नगरी भीरमा जथाभावी डोजर चलाउँदा उक्त क्षेत्रमा पहिरोको जोखिम बढेको छ । मनसुन सुरु भइसकेकाले वर्षात्मा त्यहाँबाट बग्ने ढुंगा, माटो र गेग्रानले तल्लो क्षेत्रका बस्तीमा असर पुर्याउने भयले स्थानीय त्रस्त छन् ।
किरातेश्वर कन्स्ट्रक्सन ड्रिलिङ कम्पनी प्रालिले थानकोट–चित्लाङ सडक स्तरोन्नति गर्ने ठेक्का पाएको हो । सडक ९ मिटर चौडा गरिँदै छ । शनिबार त्यहाँ डोजर र स्काभेटर प्रयोग गरी बढी नै ढुंगा निकालिएको देखियो । ‘स्तरोन्नति गर्ने बहानामा ठेकेदारले दोहोरो फाइदा लिएका छन्,’ एक स्थानीयले कान्तिपुरसित भने, ‘बाटो खन्ने क्रममा निक्लिएका ढुंगा उनीहरूलाई फाइदा हो ।’
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय