सिन्जामा खस सङ्ग्रहालय बन्ने भएको छ । यहाँ खस सङ्ग्रहालय बनेपछि देश तथा विदेशबाट सिन्जा सभ्यता हेर्न आउनेलाई सजिलो हुने भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा नेत्र शाहीले लेखेका छन् ।

सिन्जा सङ्ग्रहालयका अभियन्ता डिल्लीप्रसाद तिवारी प्रसन्न छन् । उनले भने, “यो सङ्ग्रहालयले यहाँ आउने पर्यटक र अनुसन्धानकर्ताहरूलाई सिन्जा सभ्यताको अध्ययन गर्ने अवसर दिनेछ । ”
सिन्जा गाउँपालिका वडा नं. २ बिष्टबाडामा यो सङ्ग्रहालय निर्माण सुरु भएको छ । तत्कालीन समयमा विशाल साम्राज्य भएको सिन्जा सभ्यताका ऐतिहासिक तथा पुरातात्विक सम्पदा अहिलेसम्म ओझेलमा परेका थिए । पुरातात्विक सम्पदा विस्तृत रूपमा खोज अनुसन्धान हुन सकेको छैन । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमा भने सिन्जा क्षेत्र पनि परेको छ ।
सङ्ग्रहालय शिलान्यास कार्यक्रम पनि विशेष प्रकारकै थियो । खस सभ्यता झल्किने गुन्यू–चोली, कालो कम्बल र गहनासँगै सजिएका स्थानीय महिलाले मागल गाएका थिए । पञ्चेबाजा बजाउँदै र कलश यात्राको कलाले प्राचीन सिन्जाको झल्को दिएको स्थानीय बताउँछन् । हुन पनि नेपाली भाषाको उद्गम स्थल तथा बहुप्रतिष्ठित सभ्यताको मुहान हो– सिन्जा । सिन्जा क्षेत्रमा सरकारद्वारा खस सङ्ग्रहालय निर्माण कार्य आरम्भ हँुदा स्थानीय खुसी छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय