सिंगापुर लगेर पानीजहाजमा जागिर लगाइदिने प्रलोभन देखाएर तीन सय युवासँग ६ करोड ठग्ने व्यक्ति पक्राउ परेका छन् । नुवाकोट गणेशस्थान–९ का ३४ वर्षीय प्रवीण पौडेललाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले हेटौँडाबाट पक्राउ गरेको हो ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाले तीन सय युवाबाट पौडेलले पाँच लाखसम्म रकम उठाएको बताए । ‘पानीजहाजमा क्रु मेम्बरको जागिर लगाइदिने भनेर तीन सय युवाबाट करिब ६ करोड उठाएको प्रारम्भिक अनुसन्धानबाट देखियो । बाँकी तथ्य अनुसन्धानबाट सार्वजनिक हुँदै जानेछ,’ एसएसपी थापाले भने ।
प्रहरीका अनुसार उनले युवा संकलन गर्न विशालनगरमा चार वर्षदेखि अप्रेन्टिस फर्म प्रालि खोलेका थिए । प्रतिमहिना ६ सय ५० डलर तलब दिने काममा पठाउने र त्यसका लागि जहाजमै तालिम लिनुपर्ने भन्दै अग्रिम दुई लाख लिन्थे । भारतीय जहाजका क्रु मेम्बरलाई तालिम दिने कम्पनीसँग सम्झौता समेत गरेका थिए । सिंगापुर जान तयार भएका युवालाई उनी त्यहीँ लैजान्थे । यसरी ठगिएका ५८ जना सम्पर्कमा आइसकेको अनुसन्धानमा खटिएका महाशाखाका एसपी सुशीलसिंह राठौरले बताए ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय