त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ किनबेच

त्रिभुवन विश्वविद्यालयमा ‘गोल्ड मेडल’ किनबेच हुने गरेको खुलासा भएको छ ।यो समाचार आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र भवानीश्वर गौतमले लेखेका छन् ।

tribhuwan_RngV0RztPg 

गोल्ड मेडल किनबेचमा संलग्न भएको आरोपमा परीक्षा नियन्त्रण कार्यालय बल्खुको गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र विद्यार्थी सुरेन्द्र कोइराला पक्राउ परेका छन् । पाटन क्याम्पसमा अर्थशास्त्रमा विषयमा अध्ययनरत कोइराला र कर्माचार्यबीच गोल्ड मेडलका लागि पाँच लाख रुपैयाँ लेनदेनमा डिल भएको थियो ।

उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले यसको पुष्टि गरेका छन् ।

अख्तियार स्रोतका अनुसार परीक्षा नियन्त्रण कार्यालय बल्खुका कर्मचारीहरुले आर्थिक प्रलोभनमा विद्यार्थीको मार्कसिटमा नम्बर तलमाथि गरिदिने गरेका छन् ।

’फेल भएकालाई पास गराउने र कम अंक ल्याएका विद्यार्थीलाई अंक थप्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । यसमा विद्यार्थी नेतादेखि धेरै ठूलो गिरोह सक्रिय छ भन्ने सूचना छ । एक कर्मचारीबाट मात्र अंक हेरफेर गर्ने सम्भावना देखिँदैन ।’अख्तियारको उच्च अधिकारीले भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय

लाइसेन्स छपाइ तीव्र, दैनिक ४० हजारसम्म उत्पादन

  चैत २७,काठमाडौँ।  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स