ढुङ्गा कुँद्न सुरु गरेको आठ वर्षपछि चोभारमा ३३ फिट अग्लो मञ्जुश्रीको ढुङ्गे मूर्ति तयार भएको छ । विसं २०६८ देखि कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा मञ्जुश्रीको मूर्ति बनाउने काम सुरु गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ति लामाले लखेका छन् ।

मूर्ति निर्माणको नेतृत्व ललितपुरका कलाकार चन्द्रश्याम डङ्गोलले गरेका हुन् । उनीसँगै आठ कलाकारले आठ वर्ष निरन्तर कुँदेपछि अहिले यो मूर्ति तयार भएको उनले बताए । यो मूर्ति १३ वटा ढुङ्गा जोडेर बनाइएको छ । ३३ फिट अग्लो मूर्तिका लागि उपयुक्त हुने ठूलो ढुङ्गा उपलब्ध नभएका कारण टुक्रा जोडेर बनाइएको कलाकार डङ्गोलको भनाइ छ ।
प्रस्तरको मूर्ति तयार गरी कीर्तिपुर–६ स्थित चोभार डाँडामा स्थापना गरिएको छ । यो मूर्तिको युरेसिया रेयुकाईका संस्थापक अध्यक्ष युसुन मासुनागाले उद्घाटन गरे । बोधिसत्व मञ्जुश्री र काठमाडौँको सभ्यतासँग जोडिएको महत्वपूर्ण सम्पदाको उद्घाटन गर्न पाउँदा आफू निकै खुसी भएको ८७ वर्षीय मासुनागाले बताए ।
उनका अनुसार यो मूर्तिको तौल एक सय टन छ । यो मूर्ति नेपालको सबैभन्दा अग्लो प्रस्तर मूर्ति भएको दाबी कलाकार डङ्गोल गर्छन् । आठ वर्षसम्म मूर्ति निर्माण गर्दा विभिन्न बाधाअवरोध आएको उनले सुनाए । फर्पिङबाट ढुङ्गा ल्याउन खोज्दा आफ्ना कामदारहरू थुनामा समेत बस्नुपरेको उनले बताए ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय
चैत २७,काठमाडौँ। सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्यलाई तीव्रता दिइएको छ। लामो समयदेखि थन्किएका लाइसेन्स