जेठमा नभएको गर्मी असार लाग्दै गर्दा धपक्कै बलेको छ । मानिसलाई मात्र हैन, स्वतन्त्र आकाश र जङ्गलमा विचरण गर्ने प्राणीका लागि पनि गर्मी असह्य बनेको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

सहरतिर विचरण गर्ने चराहरू गर्मी सहन नसकेर नेपालगञ्ज बजारक्षेत्रमा चरा सडकमा खसेर मरेकोे स्थानीय बताउँछन् । “सहरमा चरा खसेर मरेको मैले पनि थाहा पाएँ”, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले थपे, “निकुञ्जभित्र भने हामी गर्मीबाट संरक्षण गर्ने अभियानमा छौँ । ” केही समयअघि डढेलोले वन्यजन्तु तर्साएको थियो । लगत्तै बढेको गर्मीले घनाजङ्गलमा बस्ने वन्यजन्तु होस् वा चराचुरुङ्गी आलसतालस परिरहेका छन् । त्यसक्षेत्रमा यतिबेला ४२ र ४३ डिग्री सेन्टिग्रेडको आसपासमा तापक्रम रहने गरेको छ ।
प्रमुख संरक्षण अधिकृत रेग्मीका अनुसार वन्यजन्तु र पक्षीले हिजोआज मध्य दिउँसो सयर गर्न र आहारा चर्न छाडेका छन् । “चराहरू साँझ, बिहान आहारा खाएर दिउँसो रुख, झाडीको शीतलमा आराम गर्न थालेका छन्,” रेग्मीले भने, “सुक्खा क्षेत्रमा घाँसेमैदानको विकाससँगै पोखरीमा पानी भरेर प्यास मेटाइदिने प्रयास गरिरहेका छौँ । ”
उनका अनुसार यस वर्षमात्र निकुञ्जमा ७५ वटा पोखरी खनिए । जसमा तीन स्थानको प्राकृतिक स्रोतबाट पानी ल्याइएको छ । यसैपाला सञ्चालनमा ल्याइएको सोलार पम्पबाट पनि पोखरीमा पानी भरिएका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय