चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ। शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए।यो समाचार आजको नागरिक दैनिकमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।

विभिन्न ५७ राष्ट्रका ६९ जना विशेषज्ञ सहभागी रहेको सो मञ्च अप्रत्यक्ष रुपमा चीन नेपाल सहकार्यमा केन्द्रितजस्तो देखिन्थ्यो। अन्य देशका विज्ञले पनि बिआरआईमा तिब्बतको भूमिका शीर्षकमा बोल्दा प्राय सबैले नेपालको प्रसंग उठाएका थिए। सबैको भनाइको निचोड चिनियाँ रेललाई हिमालय पार गराएर नेपाल पु-याउनुपर्ने भन्ने थियो।
नेता छीले पनि सिगाच्छे पुगेको रेललाई चीनले नेपाल जोड्ने लक्ष्य राखेको र यो अपरिहार्य रहेको बताए। नेपालसँगको मित्रतालाई तिब्बती नेता छीले निकै साहित्यिक तरिकाले व्यक्त गरे। उनले भने, ‘जब दुई मुटु नजिक हुन्छन् तब अग्ला पहाडहरुको कुनै डर हुँदैन।’ यही भावनामा रहेर यही वर्षको सुरुदेखि चिनियाँ सार्वजनिक कल्याण संस्थाले नेपालका प्राथमिक तहका विद्यार्थीलाई झोला र अन्य सामग्री वितरण गरेको उनले बताए।
चीनले हिमालय सिमापार बहुआयामिक सञ्जाल सम्पर्कलाई नेपालसँग मिलेर घनीभूत रुपमा कार्यान्वयन गर्न थालेकोमा नेता छीले जोड दिए। लार्चा सुक्खा बन्दरगाह तयार भएको र केरुङमा पनि सुक्खा बन्दरगाह बनाउने उल्लेख गर्दै नेता छीले नेपालको पूर्वाधार विकासमा चीनले लगातार सहयोग गर्दै जानेमा जोड दिए।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय