कांग्रेस नेतृत्वलाई खबरदारीः सशक्त भ्रातृ संगठनलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना खेपिरहनुपरेको छ । पार्टीका शीर्ष नेताहरु भ्रातृ संगठन लथालिङ्ग बनाएको कारण कांग्रेस बलियो हुन नसकेको र कम्युनिष्ट सरकारको गलत क्रियाकलापको पर्दाफास गर्न नसकिएको पनि बताइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

302884209congress-karyalaya-sanepa_M3w4Qugeb9

नेपाली कांग्रेसको नर्सरी मानिँदै आएका नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन छ । शीर्ष नेताहरुले भागवण्डाको आधारमा छनोट गरिएका नेताको भरमा रहेको तरुण दलको अवस्था पनि त्यस्तै छ । नेपाल दलित संघ, नेपाल प्रेस युनियन मात्र हैन समयमै अधिवेशन गरेर अन्य भ्रातृ तथा शुभेच्छुक संघ संगठनलाई पनि कांग्रेसले चलायमान बनाउन सकेको छैन । प्रजातन्त्र सेनानी संघ र नेपाल किसान संघको अधिवेशन नभएको दशक पुगिसक्यो ।

नेविसंघ महाधिवेशन पक्षधर विद्यार्थी समूहले पार्टी नेतृत्वलाई सुध्रिन र सुधार गर्न खबरदारी गर्न थालेको छ । आफ्ना सशक्त भ्रातृ संगठनहरुलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ भन्दै नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । पार्टी्भित्र यथास्थितिवादी र परिवर्तनशील दुई धार रहेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी भन्छन्– ‘सभापति शेरबहादुर देउवा यथास्थितिवादी धारको नेतृत्व गर्छन् ।’ 

जसका कारण पार्टी्भित्र नयाँ जागरण पैदा हुन नसकेको उहाँ बताउनुहुन्छ । पार्टी नेतृत्वले पार्टीलाई प्रजातान्त्रिक परिपाटीबाट नचलाएको, भ्रातृ संगठनलाई लथालिङ्ग बनाएको कारण अधिनायकवादी कम्युनिष्टहरुको हर्कत पर्दाफास गर्न नसकिएको नेता केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय