June 10, 2019

जोशीको फाइल खोज्दै अख्तियार

जेठ २७, सर्वोच्च अदालतको आदेश अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोविन्दराज जोशीसँग सम्बन्धित मुद्दाको मिसिल खोज्ने कार्यलाई तीव्रता दिएको छ ।

अख्तियारले केही उच्च अधिकारीको प्रत्यक्ष निगरानीमा फाइल खोजी कार्य अगाडि बढाएको हो । फाइलबारे पूर्व कर्मचारीसँग समेत अख्तियारले सोधपुछ गर्ने तयारी गरेको छ ।

जेठ २३ गते सर्वोच्चले १५ दिनभित्र मिसिल पठाउन आदेश गरेको थियो । पाँच वर्षसम्म पनि मिसिल प्राप्त नभएको भन्दै अदालतले अख्तियार सचिवलाई अदालतको अपहेलनामा कारबाही किन नगर्ने भन्दै जवाफ समेत माग गरेको थियो । जवाफ पेससँगै फाइल पनि पेस गर्न आदेश दिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय