डेढ दशकअघि नेपाल र भारतबीच भएको रेल सेवा सञ्चालन सम्झौता पुनःनवीकरण भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल नेतृत्वको नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकपछि सो सम्झौता नवीकरण भएको हो ।
यस अघि सन् २००४ पहिलो पटक नेपाल भारतबीच सो समझौता भएको थियो । अब पाँच वर्षका लागि सो सम्झौता नवीकरण भएको हो । उक्त बैठक जेठ २३ र २४ गते बसको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सविच केदारबहादुर अधिकारीले बैठकमा नेपालमा निर्माण भइरहेको रेल कार्गो सेवाको पहुँच भारतको बिसाखापटनम, कोलकाता र हल्दियासम्म कायम गर्न नेपाली प्रतिनिधिमण्डलले भारतीय पक्षसँग प्रस्ताव गरेकोे छ ।
‘नेपालको उक्त प्रस्तावमा भारतीय पक्ष सैद्धान्तिक रुपमा सहमत भइसकेको छ, ’सचिव अधिकारीको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय