इङ्ल्यान्डको सानदार जित

जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ८० रनमा समेटिएको थियो ।

England-01_PbQVYsdPTe

बंगलादेशका अलराउन्डर सकिब अल हसनले प्रभावशाली प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । सकिबले एक सय २१ रन बनाए । मुसफिकर रहिमले ४४ रन, महमोदुल्लाले २८, मोसादेक हुसेनले २६ र प्रारम्भिक ब्याट्सम्यान तमिम इक्वालले १९ रन बनाए । इङ्ल्यान्डका बेन स्टोक्स र जोफरा आर्चरले तीन तीन विकेट लिए । मार्क उडले दुई तथा लियाम प्लुनकेट र अडिल रसिदले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ८६ रनको विशाल योगफल खडा गरेको थियो । इङ्ल्यान्डको जितमा प्रारम्भिक ब्याट्सम्यान जासन रोयले शतकीय पाली खेले । आक्रामक ब्याटिङ गरेका उनले एक सय ५३ रन बनाए ।

अर्का प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्ट र जस बट्लरले पनि अर्धशतकीय रन बनाए ।  रोय र बेयरस्टले पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेका थिए । रोयले ५१ र जस बट्लरले ६४ रन बनाए । कप्तान इयोन मोर्गनले ३५, लियाम प्लुनकेटले २७, जोए रुटले २१ र क्रिस वाक्सले १८ रन बनाएका थिए । बंगलादेशका मोहमद सैफुद्दिन र मेहदी हसनले दुई दुई विकेट लिए । मसरफे मोर्तजा र मस्ताफिजुर रहमानले एक एक विकेट लिएका थिए ।

जारी विश्वकपमा इङ्ल्यान्डको दोस्रो जित हो । इङ्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई एक सय ४ रनले हराएको थियो । दोस्रो खेलमा भने घरेलु टोली इङ्ल्यान्ड पाकिस्तानसँग १४ रनले पराजित भएको थियो । बंगलादेशको भने तेस्रो खेलमा दोस्रो हार हो । पहिलो खेलमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेको बंगलादेश दोस्रो खेलमा न्युजिल्यान्डसँग दुई विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय