
कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको रहस्यमय हत्या र ३३ किलो सुनकाण्डले प्रहरी सङ्गठनको छवि नै धमिल्याइदियो ।
यी दुई घटनाले प्रहरीका नियमित कामकारबाहीमाथि शङ्का उपशङ्का उब्जिए । साथै जनविश्वास गुमाएको आरोप खेप्नुपरेको छ । के नेपाल प्रहरी अपराध अनुसन्धानमा कमजोर बन्दै गएको हो त ? तर विज्ञहरू स्रोत र साधनको अभावबीच पनि नेपाल प्रहरी अपराध अनुसन्धानमा अग्र स्थानमा रहेको बताउँछन् ।
सफल अपराध अनुसन्धान, नियमित कामकारबाही र निरन्तरताले भने नेपाल प्रहरी दक्षिण एसियाका अन्य प्रहरी सङ्गठनको तुलनामा अब्बल र उत्कृष्ठ नै रहेको सुरक्षा विश्लेषकहरूको दाबी छ ।
दक्षिण एसियामा भुटानपछि नेपाल शान्त र सुरक्षित मुलुकको रूपमा परिचित छ । यसको मुख्य आधार सुरक्षाअनुभूति हो एक विश्लेषकको धारणा छ ।
“राज्यका चारवटा सुरक्षा निकायहरूमा प्रहरी अपराध अनुसन्धानका अतिरिक्त शान्तिसुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सुरक्षा सङ्गठन हो,” सुरक्षा विश्लेषक हेमन्त मल्ल ठकुरी भन्छन्, निर्मला हत्या घटना र ३३ किलो सुनकाण्ड मात्र प्रहरीको छवि मापन गर्ने आधार होइन ।
ती घटनामा प्रहरी कर्मचारीको ‘नियत वा कुनै अन्य कारणले’ कमिकमजोरी भएको हुनसक्छ, उनको भनाइमा एक÷दुई घटनालाई देखाएर सिङ्गो सुरक्षा व्यवस्था र अपराध अनुसन्धानमा प्रहरीको क्षमतामाथि प्रश्न उठाउन मिल्दैन । यो समाचार आजको गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा
काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय